ad ad

राजनीति


जालझेल नगरी १० बुँदे सम्झौता कार्यान्वयन गर्न ओलीलाई शाक्यको आग्रह

जालझेल नगरी १० बुँदे सम्झौता कार्यान्वयन गर्न ओलीलाई शाक्यको आग्रह

तस्बिर : विजय सिंह/नेपालखबर


नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १९:४३, काठमाडौँ

नेकपा(एमाले) स्थायी कमिटी सदस्य तथा वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सुदृढ एमाले बनाउनको लागि जालझेल र षड्यन्त्र नगरिकन पार्टीको आन्तरिक निर्देशनको कार्यान्वयन गर्नुपर्ने बताएकी छन्। 

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ०७५ जेठ २ गते जसको जे जिम्मेवारी थियो सो जिम्मेवारी दिनुपर्नेमा शिर्ष नेतालाई आग्रह गरिन्। 

उनले भने, ‘नेतृत्व तहको कमरेडलाई मेरो अनुरोध छ, अपिल छ। जारी भएको अन्तरपार्टी निर्देशनको अक्षरश पालना गरौँ। अक्षरश पालना गरौँ। त्यसमा कुनै जालझेल र षड्यन्त्र आवश्यक छैन। ०७५ जेठ २ मा जे भनेको छ, जो आउँछ उसैलाई नेतृत्व मानेर अगाडि बढौँ। के फाइदा छ हामीलाई ? विभाजन गरेर फाइदा भयो र ? हामी अलग अलग भएर फाइदा भयो र? कमजोर बनाउने शक्तिहरुले त हामीलाई कमजोर बनाइसक्यो। अब हामिले अन्तरपार्टी निर्देशनलाई अक्षरश पालना गरेर देशव्यापी रुपमा स्थापित गर्नुपर्छ अगाडि बढाउनुपर्छ। कुनै पूर्वाग्रह बिना, कुनै मनमुटाव बिना, हिजोको कुरा बिर्सेर सुदृढ एमाले बनाउनका लागि मन फराकिलो बनाउनै पर्छ।’

मुख्यमन्त्री शाक्यले माधवकुमार नेपाललाई एमालेमै फर्किन आग्रह समेत गरिन्। उनले आफुले बनाएको पार्टी त्यागेर फेरि नयाँ पार्टी गठन गरी जनमत र आन्दोलनको सिर्जना गर्छु भन्नु गलत भएको भन्दै एमालेमा फर्किन आग्रह गरेकी हुन्। सुदृढ एमाले बनाउन नेता नेपालको आवश्यकता रहेको उनको भनाई थियो।

कार्यक्रममा अध्यक्ष केपी ओलीले भने पार्टीमा माधव नेपालको आवश्यकता नरहेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .