ad ad

राजनीति


कार्यकर्तालाई माधव नेपालको निर्देशन : ओलीको असहिष्णु प्रवृत्तिको भण्डाफोर गर्नुहोस्

कार्यकर्तालाई माधव नेपालको निर्देशन : ओलीको असहिष्णु प्रवृत्तिको भण्डाफोर गर्नुहोस्

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १७:४६, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी  शर्मा ओलीको असहिष्णु प्रवृत्तिको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रस्तावित समाजवादी प्रेस संगठन नेपालसँग आबद्ध पत्रकारसँगको अन्तरक्रियामा उनले आफूसँग असहमति राख्नेप्रति ओलीको असहिष्णु प्रवृत्ति रहने गरेको आरोप लगाउँदै त्यसको भण्डाफोर गर्नुपर्नेमा जोड दिए।

उनले पार्टीमा तेस्रो धार भनिएकाहरु आँट र विद्रोह गर्न नसक्ने र अध्यक्षसँग गल्ने स्वभावका भनेर समेत आरोप लगाए। 

फरक प्रशंगमा पूर्वप्रधानमन्त्री नेपालले एमसीसी कम्प्याक्ट गर्दा नेपालले असंलग्न नीति परित्याग गर्न नहुने, कुनै सैन्य संगठन र सुरक्षा छाताभित्र नरहने, नेपालले स्वतन्त्र निर्णय गर्न पाउनुपर्ने, बौद्धिक सम्पत्तिमाथि अधिकार र जग्गाको स्वामित्व तथा लेखापरीक्षण नेपालकै हुनुपर्ने तथा परियोजनामा नेपाली कर्मचारी र श्रमिक रहनुपर्नेमा स्पष्ट गरे। 

आगामी निर्वाचनसम्म पाँच दलीय मोर्चा कायमै राखिने बताउँदै उनले अध्यादेशलगायत विषयले सरकार विस्तारमा ढिलाइ भइरहेको स्वीकारे।

वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ संयोजक तथा १५१ सदस्यीय कार्यसमिति रहने समाजवादी प्रेस संगठन नेपाल दर्ताको प्रक्रियामा रहेको जानकारी पनि सो अवसरमा दिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .