ad ad

राजनीति


धनराजले देउवालाई भने : भ्रष्टहरु कांग्रेस-कम्युनिष्ट हुँदैनन्, पशुपतिको सुन हिनामिनामा मुछिएकामाथि कारबाही गर्नु

मिलन थापाको नियुक्तिमा उठाए प्रश्न
धनराजले देउवालाई भने : भ्रष्टहरु कांग्रेस-कम्युनिष्ट हुँदैनन्, पशुपतिको सुन हिनामिनामा मुछिएकामाथि कारबाही गर्नु

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १२:७, काठमाडौँ

नेपाली कांग्रेसका नेता पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भएको भएको ११ केजी सुन घोटाला प्रकरणमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्। 

पशुपतिको मन्दिरमा जलहरी राख्दा ११ किलो सुन हिनामिना भएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका बेला गुरुङले भ्रष्टहरु कांग्रेस-कम्युनिष्ट हुन नसक्ने भन्दै कारबाही गर्न भनेका हुन्। 

'पशुपतिनाथमा चढाएको जलहरीमा ११ किलो सुन घोटलाकाण्डमा मुछिएर अख्तियारको छानबिनको दायराभित्र परेको पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष मिलन थापालाई सरकारले सदस्य सचिवमा नियुक्ति गर्नु गलत हो', उनले भनेका छन्, 'उक्त निर्णय सच्याउन विनम्र अनुरोध गदर्छु।'

नेता गुरुङले यति ठूलो भ्रष्टचारकाण्डमा मुछिएका कोषाध्यक्ष थापालाई सदस्य सचिवमा बढुवा गर्नु गलत भएको पनि उल्लेख गरेका छन्। 

'यति ठूलो भ्रष्टाचारकाण्डमा मुछिएकालाई उल्टै पदोन्नतिसहित नियुक्ति गरिएकोले यसको विरुद्धमा सबै बोलौँ', उनले भनेका छन्, 'भ्रष्टहरु कांग्रेस-कम्युनिष्ट हुँदैनन्। यस्तो गम्भीर विषयमा मुख सिलाएर बस्नेहरु पनि अपराधी हुन्।'

यसअघि जलहरी राख्न नहुने भन्दै परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्चले असोज १८ गते मुद्दाको अन्तिम सुनुवाइका लागि पेशी तोकेको छ। 

पशुपति मन्दिरमा जलहरी राख्न नहुने भन्दै परेको रिटमा सर्वोच्चले सुरुमा अन्तरिम आदेश दिएरपछि उक्त आदेश नै खारेज गरेको थियो।

जलहरी राखिएको विषयमा महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ। तर त्यही जलहरी राख्ने क्रममा ११ किलो सुन हिनामिना भएको भन्दै अख्तियारमा कोष भित्रैबाट उजुरी परेपछि छानविन थालिएको छ। 

यसअघि ९६ किलोभन्दा बढी सुन प्रयोग गरेर बाँकी पछि थपिने भनिएको थियो। १०८ किलो सुन राष्ट्र बैंकबाट निकासा भइसकेको छ। तर जलहरीमा थप सुन लगाइएको छैन। बाँकी सुन ११ किलो सुन हराएको पाइएपछि पशुपति मन्दिरको भ्रष्टाचारकाण्ड बाहिरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .