ad ad

राजनीति


१२ जिल्लाका सीडीओ सरुवा : भक्तपुरमा शर्मा, ललितपुरमा उपाध्यायले पाए जिम्मा

१२ जिल्लाका सीडीओ सरुवा : भक्तपुरमा शर्मा, ललितपुरमा उपाध्यायले पाए जिम्मा

नेपालखबर
भदौ ३०, २०७८ बुधबार १८:१६, काठमाडौँ

गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १६ सहसचिव र उपसचिवको सरुवा गरेको छ।

गृहमन्त्रीस्तरीय निर्णय अनुसार बुधबार उनीहरुको काज सरुवा गरिएको हो।

गृहको निर्णयअनुसार ललितपुरमा घनश्याम उपाध्याय, भक्तपुरमा रुद्रादेवी शर्मा, गुल्मीमा पुण्य विक्रम पौडेल र गोरखामा शंकरहरि आचार्यलाई सरुवा गरिएको छ।

यस्तै, मोरङमा काशिराज दाहाल, रामेछापमा दीपककुमार पहाडी, संखुवासभामा नुरहरि खतिवडा, दोलखामा टेकराज निरौला, चितवनमा आस्मान तामाङ, धादिङमा कृष्णप्रसाद लम्साल, उदयपुरमा वीरेन्द्रकुमार यादव र रुपन्देहीमा ऋषिराम तिवारीलाई काज सरुवा गरिएको छ। 

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, संखुवासभाका टेकनाराण पौडेल, दोलखाका बासुदेव घिमिरे र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीको भने गत हप्ता सरुवा गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .