प्रतिपक्षी नेकपा (एमाले) ले सरकार र सभामुखको अनुचित एवम् गैरकानुनी कार्यले संसदमा असहज स्थिति सिर्जना भएको बताएको छ।
महासचिव ईश्वर पोखरेलले बुधबार एक वक्तव्य प्रकाशित गरी सरकारले संसदमा सहज वातावरण बनाउन पहल नगरेको आरोप लगाएका छन्।
यस्तै, उनले बजेट पारित गर्ने कुरालाई समेत सरकारले बेवास्ता गरेका बताएका छन्।
‘आफूलाई ईच्छा लागेको बिजनेस स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय विर्से झैं हाउस असोज ४ गते किन सारियो यसको जवाफ यो गैरजिम्मेवार सरकारले दिनुपर्छ’ एमालेले भनेको छ।
एमालेले आफ्नो पार्टी विभाजन गर्न सभामुख अग्निप्रसाद सापकोटाले भूमिका खेलेको आरोप पनि लगाएको छ।
वक्तव्यमा प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र सभामुखको ध्यानाकर्षण गराइएको छ।
यस्तो छ, वक्तव्य
Shares
प्रतिक्रिया