ad ad

राजनीति


बन्यो एमालेको विधान महाधिवेशनको लोगो, तीन हजार प्रतिनिधि सहभागी हुँदै

बन्यो एमालेको विधान महाधिवेशनको लोगो, तीन हजार प्रतिनिधि सहभागी हुँदै

नेपालखबर
भदौ ३०, २०७८ बुधबार १३:५५, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

आगामी असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ।

एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो।

एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको पनि टुंगो लगाएको छ। ललितपुरको च्यासलमा शनिबार भएको स्थायी कमिटीको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको थियो।

विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिमा केन्द्रीय कमिटी पदाधिकारीदेखि एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख पनि रहेका छन्। 

कसले भाग लिन पाउँछन्? 
 १. केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य
२. अनुशासन आयोगका पदाधिकारी र सदस्य 
३. लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य
४. निर्वाचन आयोगका पदाधिकारी र सदस्य 
५. केन्द्रीय विभागका सचिवसहित १५ सदस्य 
६. सल्लाहकार परिषदका पदाधिकारी र सदस्य
७. जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य
८. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य
९. विशेष कमिटीका पदाधिकारी र सदस्य 
१०. जिल्ला कमिटीका पदाधिकारी र सदस्य
११. निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य
१२. जनसंगठनका पदाधिकारीमध्येबाट १० जना
१३. पार्टी सदस्य रहेका संघीय संसदका सदस्य
१४. पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य
१५. एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख
१६. एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत समेत 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .