ad ad

राजनीति


माओवादीमा मन्त्रिपरिषदबारे कुरा भएन, यस्ता छन् अन्य निर्णय

माओवादीमा मन्त्रिपरिषदबारे कुरा भएन, यस्ता छन् अन्य निर्णय

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १८:१, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकमा पनि मन्त्रिपरिषद् विस्तारबारे कुरा हुन सकेन। 

पेरिसडाँडामा बसेको बैठकले पार्टीको राष्ट्रिय सम्मेलनसम्बन्धी अन्य निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्। 

'आजको बैठकमा चारवटा एजेन्डामाथि छलफल भएका छन्। पार्टीको विधानलाई अन्तिम रुप दिन छलफल भएको छ। भाषामा हेरफेर गर्नुपर्ने थियो', उनले भने, 'केही परिमार्जन गर्दै आगामी केन्द्रीय समिति या राष्ट्रिय सम्मेलनबाट पास गर्ने पारित गरिएको छ।'

यो बैठकले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन आयोग बनाएको पनि उनले बताए। यो आयोगले पार्टीको निर्वाचन कार्यक्रमका लागि नियमावली बनाउने भएको छ।

त्यसैगरी पार्टी प्रवेश र एकीकरणका लागि आएका ४५ वटा पार्टी र नेता कार्यकर्ताहरुलाई समायोजन गर्न कार्यदलले प्रतिवेदन पनि बैठकले बुझेको महराले बताए। 

महराले मन्त्रिपरिषद् विस्तारबारे कुनै कुरा नभएको जानकारी दिए। 'मन्त्रिपरिषदबारे यो बैठकमा केही कुरा भएन', उनले भने, 'संसदको गतिरोध हटाउन प्रतिपक्षी एमालेसँग संवाद बढाउने काम सभामुखले गरिरहनु भएको छ। संसदको गतिरोध हटाएर सहमतिमा अघि बढ्नुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .