ad ad

राजनीति


सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, एमालेद्वारा बहिष्कार

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, एमालेद्वारा बहिष्कार

नेपालखबर
भदौ २८, २०७८ सोमबार १५:३०, काठमाडौँ

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी छन्।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि पुगेका छन्। 

बैठकमा प्रमुख  प्रतिपक्षी दल नेकपा (एमाले) का नेता भने गएका छैनन्।

एमालेले लगातार संसद बैठक अवरुद्ध गरेपछि सभामुखले त्यसबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्।

सभामुख सापकोटाले बोलाएको बैठकमा नगएको प्रमुख प्रतिपक्षी एमालेले सापकोटालाई पदबाट राजीनामा दिन दबाब दिएको छ। 

गत वैशाख २७ गते एमालेले लगाएको ह्वीप उल्लंघन गरेका माधव नेपालसहितका १४ सांसदमाथि गरिएको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले सभामुखलाई राजीनामा दिन भनेको हो। 

एमाले प्रमुख सचेतक विशाल भट्टराईले अहिलेको संकटको निकास दिनका लागि सभामुखले या माधव नेपालसहित १४ सांसदलाई गरिएको सूचना टाँस्नुपर्ने या त राजीनामा दिनुपर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .