ad ad

राजनीति


कांग्रेसमा किचलो : पौडेल पक्षका केन्द्रीय सदस्यहरूको अलग्गै बैठक

कांग्रेसमा किचलो : पौडेल पक्षका केन्द्रीय सदस्यहरूको अलग्गै बैठक

नेपालखबर
भदौ २८, २०७८ सोमबार १४:३६, काठमाडौँ

१४ औँ महाधिवेशन मिति जति जति नजिकिँदै गर्दा सत्तारुढ नेपाली कांग्रेसमा संस्थापन र इतर समूहबीच तिक्तता पनि चुलिँदो छ।

पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एकपक्षीय ढंगले वडा अधिवेशन गरेको भन्दै नेता रामचन्द्र पौडेल समूहले आपत्ति जनाएको छ।

देउवाले प्रहरी प्रशासनको आडमा एकलौटी वडा अधिवेशन गरेको भन्दै डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्ल पक्षले अधिवेशन नस्वीकार्ने चेतावनी दिइसकेको छ।

विवादबीच महाधिवेशनलगायतका विषयमा कुराकानी गर्न अहिले कांग्रेस मुख्यालय सानेपामा पौडेल समूहको भेला सुरु भएको छ। 

पौडेल समूहले अधिवेशनहरूको समीक्षा गर्न आफूपक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठक राखेको हो।

बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह हेसी, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाललगायत नेताहरू सहभागी हुँदैछन्। 

पौडेल समूहका एक नेताका अनुसार देउवा समूहले चालेका कतिपय कदमको समीक्षा गर्दै भावी रणनीति बनाउन बैठक राखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .