राजनीति


केपी ओलीको रिट निवेदनको सुनुवाइ आज हुँदै

केपी ओलीको रिट निवेदनको सुनुवाइ आज हुँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पत्रअनुसार माधव नेपालसहित १४ सांसदलाई सभामुखले कारबाही नगरेको तथा त्यही आधारमा निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गराएको भन्दै सर्वाेच्च अदालतमा हालेको रिट निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ। 

निर्वाचन आयोग, सभामुख अग्नि सापकोटालगायतलाई विपक्षी बनाएर दर्ता गरिएको रिट निवेदन सुनुवाइका लागि आज सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा पेसी तोकिएको हो। 

एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध छुट्टाछुट्टै तीनवटा रिट दायर गरेका छन्। तीमध्ये दुईवटाको सुनुवाइ आज हुन लागेको हो।

न्यायाधीशद्वय कार्की र खड्काको इजलासले उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा सुनुवाइ गर्नेछ।

रिट निवेदनमा एमाले अध्यक्ष ओलीले ती १४ सांसदलाई आफ्नो पार्टीको पत्रअनुसार संसदले सांसद पदबाट हटाउनुपर्ने र उनीहरूको हस्ताक्षरका आधारमा निर्वाचन आयोगमा दर्ता गरिएको नेकपा एकीकृत समाजवादीको दर्ता बदर गर्नुपर्ने माग गरिएको छ। 

भदौ २८, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .