ad ad

राजनीति


सभामुखको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, प्रमुख प्रतिपक्षीदेखि नयाँ दलसम्मलाई निमन्त्रणा

सभामुखको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, प्रमुख प्रतिपक्षीदेखि नयाँ दलसम्मलाई निमन्त्रणा

फाइल तस्बिर : सभामुख सापकोटा


नेपालखबर
भदौ २८, २०७८ सोमबार ८:२७, काठमाडौँ

सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज (सोमबार) सर्वदलीय बैठक बस्दै छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नियमित रूपमा प्रतिनिधि सभाको बैठक अवरोध गरिरहेपछि यस विषयमा छलफल गर्न सभामुख सापकोटाले आज दिउँसो सर्वदलीय बैठक राख्ने भएका हुन्। 

बैठक दिउँसो साढे २ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने सभामुख सापकाेटाकाे सचिवालयले जनाएकाे छ। 

सर्वदलीय बैठकमा सहभागिताका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुरलाई बोलाइएको छ।

यसैगरी राष्ट्रिय जनमोर्चाबाट नेता दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनलाई पनि बैठकमा निमन्त्रणा गरिएकाे छ। 

यही २३ गते सुरु संसद् बैठक एमालेले निरन्तर अवरोध गरिरहेको छ। यसैमा सहमति जुटाउने प्रयासस्वरूप सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।

आज हुने सर्वदलीय बैठकमा संसदमा अवरोधसहित अन्य महत्त्वपूर्ण समसामयिक राजनीतिक विषयमा पनि छलफल गरिने सभामुख सापकोटाको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .