ad ad

राजनीति


वडा अधिवेशन स्वीकार नगर्ने डडेल्धुरा कांग्रेसको घोषणा

वडा अधिवेशन स्वीकार नगर्ने डडेल्धुरा कांग्रेसको घोषणा

नेपालखबर
भदौ २७, २०७८ आइतबार २१:३५, काठमाडौँ

नेपाली कांग्रेस डडेल्धुराले एकलौटी रुपमा गरिएको वडा अधिवेशन स्वीकार नगर्ने बताएको छ। सदरमुकाम बागबजारस्थित पार्टी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै सभापति कर्णबहादुर मल्लले समन्वय नै नगरी निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले गरेको वडा अधिवेशन स्वीकार नगर्ने बताएका हुन्।   

उनले केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यता विवाद समाधान गरेर जिल्ला कार्यसमितिको समन्वयमा गरिएको अधिवेशनलाई मात्रै स्वीकार गर्ने पनि बताए। पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा अन्यायमा परेका क्रियाशील सदस्यको पीडामा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा कहीँ कतै पनि संवेदनशील नदेखिएको आरोप लगाइएको छ। 

‘जिल्ला कार्यसमिति डडेल्धुराको अधिक लचकताका साथ राखिएको प्रस्तावलाई समेत साथीहरुले अवज्ञा गर्दै यही भदौ २५ गतेका दिन राज्य शक्ति र सत्ताको दुरुपयोग गर्दै केन्द्रीय सभापतिज्यूको हस्तक्षेपमा पार्टीभित्रको आन्तरिक अधिवेशन कडा सुरक्षाको घेराभित्र सिमित राखी केही सिमित क्रियाशील सदस्यहरुको मात्र उपस्थितिमा कथित वडा अधिवेशनमा प्रवेश गर्नुभयो। उक्त प्रक्रिया पूर्ण अवैधानिक, एकपक्षीय अलोकतान्त्रिक रहेको नेपाली कांग्रेस डडेल्धुराको ठहर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ। 

सभापति मल्लले डडेल्धुराका लागि खटाइएका निर्वाचन अधिकृत बमले जिल्ला कार्यसमितिसँग सम्पर्क नै नगरी निर्वाचन प्रक्रिया अघि बढाएको पनि बताएका छन्।

‘वडा अधिवेशन गर्न नसकिने भनी नेपाली कांग्रेस डडेल्धुराको मिति २०७८ भाद्र २२ गतेको निर्णय तथा मिति २०७८ भाद्र २३ गतेको वडा सभापति र पालिका सभापतिज्यूहरुको बैठकले समेत क्रियाशील सदस्यताको विवाद समाधान गरेर मात्र अघि बढ्न र तत्काल अधिवेशन स्थगन गर्ने भनी निर्णय गर्दागर्दै पनि एकथरी साथीहरुले निर्वाचन अधिकृतलाई आफ्नो अनुकुल बनाइ अज्ञात स्थलबाट निर्वाचनको सूचना जारी गर्न लगाउनुभयो,’ विज्ञप्तिमा उल्लेख छ।

मल्लले विज्ञप्तिमार्फत विधिवत् रुपमा वडा अधिवेशन प्रारम्भ नभएसम्म मातहतका कार्यसमितिहरू यथावस्थामा रहेका भन्दै जिल्ला कार्यसमितिभन्दा तलका कार्यसमितिहरूलाई नियमित कामकाज गर्न पनि निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .