ad ad

राजनीति


ओलीप्रति लक्षित गर्दै माधव नेपालले भने : सरकारमा पुगेपछि अहंकारको घोडा चढे

ओलीप्रति लक्षित गर्दै माधव नेपालले भने : सरकारमा पुगेपछि अहंकारको घोडा चढे

नेपालखबर
भदौ २७, २०७८ आइतबार १९:४१, काठमाडौँ

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीभित्र अहंकारवादविरुद्ध लड्नुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसविरुद्ध लड्नुपर्ने आवश्यक्ता औँल्याएका हुन्। 

‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै उनले नेपालको कम्युनिष्ट पार्टीभित्र आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैर कम्युनिष्ट प्रवृत्ति मौलाउँदै आएको उल्लेख गर्दै त्यस्ता प्रवित्तिहरुलाई निस्तेज पारेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे। 

उनले भने, ‘आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैर कम्युनिष्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौं। अनि सत्तामा पुगेपछि अहंकार घोडा चढ्ने प्रवृति पनि देखिरहेका छौं। र कम्युनिष्ट पार्टी भित्रैबाट यस्ता खालका गैर सर्वहारा वर्गीय चिन्तन देखिने गरेको छ। यस्ता सबै खालका गैर सर्वहारा वर्गीय चिन्तनलाई परास्त गरी जनताको मन जित्ने गरी सबै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले काम गर्न पर्दछ।’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरुले ‘चुनावदेखि चुनावसम्म’ नभई ‘जनतादेखि जनतासम्म’को अभियान सञ्चालन गर्नुपर्ने पनि बताए। उनले नेपालको कम्युनिष्ट पार्टी नै सबैभन्दा लोकतान्त्रिक पार्टी भएको दावी गर्दै ती कम्युनिष्ट पार्टीहरुले मात्रै वास्तविक रुपमा देशलाई एकतावद्ध बनाउने र मुलुकको राष्ट्रियताको रक्षा गर्ने तर्क पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .