ad ad

राजनीति


संसदको अवरोध हटाउन सत्ता गठबन्धनले एमालेसँग वार्ता गर्ने

संसदको अवरोध हटाउन सत्ता गठबन्धनले एमालेसँग वार्ता गर्ने

फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०७८ आइतबार १३:१४, काठमाडौँ

सत्तारुढ गठबन्धनले संसदमा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता गर्नुपर्ने निष्कर्ष निकालेको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको पाँच दलीय गठबन्धनले संसदमा जारी अवरोध हटाउन एमालेसँग वार्ता गर्ने निष्कर्ष निकालेको हो। 

बैठकले संसदको जारी अवरोध हटाउन वार्ता गर्ने र संसदमा पेश भएका महत्वपूर्ण विधेयकहरु अगाडि बढाउने निर्णय गरिएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए। 

‘संसदमा पेश भएका महत्वपूर्ण विधेयक अगाडि बढाउने र संसदको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी एमालेसँग वार्ता पनि गर्ने निष्कर्ष निकाल्यौँ,’ उनले नेपालखबरसँग भने।

महामन्त्री खड्काले बैठकमा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भए पनि निष्कर्षमा नपुगेको बताए। 

‘चाँडै मन्त्रिपरिषदलाई पूर्णता दिउँ भन्नेमा हामी सवै सहमत छौं,’ खड्काले थपे, ‘तर, केही प्राविधिक र केही सैद्धान्तिक कारण विस्तारमा ढिलाइ भइरहेको छ।’ 

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेता सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .