ad ad

राजनीति


महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका शर्मा सभापतिका ‘प्रत्यासी’ निधिसँगै

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका शर्मा सभापतिका ‘प्रत्यासी’ निधिसँगै

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार २०:३३, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा उम्मेदवारी घोषणा गरेको भोलिपल्टै उपसभापति विमलेन्द्र निधिसँगै देखिएका छन्। 

आशन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गरेको भोलिपल्ट उनी सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका नेता निधिसँग पूजा गरिरहेको अवस्थामा देखिएका हुन्।  

निधिपत्नी अनामिकाले दुवै जनाको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छन्। ती तस्बिरहरु मधेसको महत्वपूर्ण पर्व चैठचन्द्र (चौरचन)का हुन्।

तीज पर्व सम्पन्न भएसँगै सुरु हुने चैठचन्द्र पर्वलाई मधेसमा निकै आस्थाको रुपमा लिइन्छ। तराई मधेसमा कृष्ण जन्मअष्टमीको १२ दिनपछि चैठचन्द्र पर्व मनाइन्छ। 

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको समूह छाड्ने चर्चा चलिरहेका बेला प्रवक्ता शर्मा निधिसँग देखिनुलाई अर्थपूर्ण मानिएको छ। 

उनले बिहीबार संस्थापक नेता बीपी कोइरालाको जन्म जयन्तीको अवसरमा सुन्दरी जल पुगेर उम्मेदवारी घोषणा गरेका थिए। 

उम्मेदवारी घोषणामा पनि शर्माले आफू चुनाव लड्न लागेको समूहका बारेमा भने केही खुलाएका थिएनन्। 

यद्यपि, उनले घोषणा गर्नुपूर्व उम्मेदवारीका बारेमा सभापति देउवासँग सल्लाह गरेको सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिएका थिए। 

उपसभापति निधिले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .