ad ad

राजनीति


एमालेको विरोधकाबीच राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

एमालेको विरोधकाबीच राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार १६:१७, काठमाडौँ

राष्ट्रियसभाको आजको बैठकमा नेकपा (एमाले)का सांसदको बिरोधकाबीच राजनीतिकदलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश भएको छ।

विरोधकाबीच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाणलाई अध्यादेश पेश गर्न समय दिएका थिए। यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कार्यवाही सुरु गर्ने बित्तिकै नेकपा एमालेका सांसदले उठेर विरोध जनाएका थिए। अध्यक्ष तिमल्सिनाले एमाले सांसद देवेन्द्र दाहाललाई समय दिएका थिए। 

सभामुख र निर्वाचन आयोगसँग मिलेर नेकपा एमालेलाई कमजोर बनाउने, टुक्र्याउने षड्यन्त्रमा लागेको आरोप सांसद दाहालले लगाए। पार्टीले कारवाही गरेका १४ जनालाई सांसदको मान्यता दिन नहुने पूर्व माग आज पनि बैठकमा एमाले सांसदले राखेका थिए।

अध्यक्ष तिमल्सिनाले आफ्नो भनाइमार्फत् सदन र आम नेपालीको ध्यानाकर्षण गराएकाले बसेर सदन चलाउने वातावरण बनाइदिन आग्रह गरेका थिए। अध्यक्षको आग्रह सांसदले नमानेपछि विरोधकाबीच अध्यादेश पेश भएको हो।

विरोधकाबीच बैठकले संविधानसभा सदस्यद्वय जुठबहादुर खड्गी (जेबी टुहुरे) र महेन्द्र शेरचनको निधनमाशोक प्रस्ताव पारित गरेको थियो। सभाको अर्को बैठक भदौ २८ गते सोमबार १ बजे बस्ने भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .