ad ad

राजनीति


बजेटसम्बन्धी तीनवटै अध्यादेश संसदमा स्वीकृत

बजेटसम्बन्धी तीनवटै अध्यादेश संसदमा स्वीकृत

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार १४:९, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा  बजेटसम्बन्धी तीनवटै अध्यादेश पेस गरेका छन्। एमाले सांसदहरुको अवरोधकै बीच उनी दाैडिएर रोस्ट्रम पुगेका थिए। 

सांसद प्रेम सुवालले बजेट अध्यादेश फिर्ता गरियोस् भन्ने प्रस्ताव गरेका थिए। तर अर्थमन्त्री रोस्ट्रममा पुगेपछि सुवालले आफ्नो प्रस्ताव फिर्ता लिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले बजेट अध्यादेश पेस गर्न अर्थमन्त्री शर्मालाई अनुमति दिए। 

अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरे। त्यसपछि सभामुखले उक्त प्रस्ताव बैठकमा निर्णयार्थ पेस गरे। 

त्यसलगत्तै ध्वनिमतबाट बजेट अध्यादेश बहुमतले स्वीकृत भएको सभामुखले घोषणा गरे।  तर सुवालले आफूले प्रस्ताव फिर्ता नगरेको बताउँदै पेसै गर्न नपाएको गुनासो गरेका थिए। 

त्यसैगरी आजकाे बैठकमा राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ पनि संसद् बैठकमा पेस भई स्वीकृत भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .