ad ad

राजनीति


प्रतिनिधिसभा बैठकमा आज पनि एमालेकाे नाराबाजी

प्रतिनिधिसभा बैठकमा आज पनि एमालेकाे नाराबाजी

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०७८ शुक्रबार १३:२६, काठमाडौँ

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि नाराबाजी भएको छ। 

दिउँसो १ बजे सभामुख अग्नि सापकोटाले ‘आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भनेलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठकमा नाराबाजी गरेको हाे। 

सभामुख सापकोटाले बैठकको कारबाही सुरु भएको जानकारी दिनेबित्तिकै एमालेका सांसदहरु उठेर रोस्टम (बेल) घेर्न कुदेका छन्। उनीहरु अहिले नाराबाजी गरिरहेका छन्।

यसअघि बुधबारदेखि सुरु भएकाे संसद्को १३औँ अधिवेशनकाे बैठकमा एमालेको अवरोधकै बीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश गरेको थियो।

उक्त दिन एमालेले दोस्रो पटक पनि बैठक अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकाटाले अध्यादेश विधेयक टेबल गर्न गृहमन्त्री बालकृष्ण खाँडलाई समय दिएका थिए।

एमालेका सांसदहरुको नाराबाजी र घेरा तोडी रोस्टममा पुगेर गृहमन्त्री खाँडले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संशोधन) पेस गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .