ad ad

राजनीति


सी–बाइडेन फोन वार्ताः ‘व्यापक’ रणनीतिक विषयमा छलफल

सी–बाइडेन फोन वार्ताः ‘व्यापक’ रणनीतिक विषयमा छलफल

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार ९:२४, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच शुक्रबार बिहानै टेलिफोनमा वार्ता भएको छ। 

फोनमा राष्ट्रपति सीसँग बाइडेनले ‘व्यापक रणनीतिक छलफल गरेको’ ह्वाइटहाउसले जनाएको छ। 

अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिएर तालिबान सत्तामा आएपछि दुई शक्ति राष्ट्रका प्रमुखबीच भएको यो पहिलो छलफल हो। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले चीनका समकमक्षी सीसँग बेइजिङ र वासिङ्टनबीच बढिरहेको द्वन्द्व व्यवस्थापनका विषयमा फोन संवाद गरेका हुन्। 

त्यस क्रममा चीनका राष्ट्रपति सीले दुई देशबीचको सम्बन्धलाई ‘साहसपूर्वक’ सही ठाउँमा ल्याउनुपर्ने अन्यथा चीन–अमेरिकाबीच द्वन्द्वले विश्वलाई नै क्षति पुग्ने बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। 

दुई राष्ट्रप्रमुखबीच दुई देशबीच देखापर्ने मुद्दाका विषयमा ‘स्पष्ट र गहन’ छलफलका लागि आपसी संवाद जारी राख्ने सहमति भएको चीन सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।   

अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि दुई शक्तिराष्ट्रबीच मनमुटाव बढेको छ। अमेरिका तालिबान सरकारको कट्टर विरोधी बनेको छ भने चीन तालिबानसँग नजिक देखिएको छ। 

अफगानिस्तानबाट २० वर्षपछि अमेरिकी सेना बाहिरिएसँगै कट्टरपन्थी तालिबानले सरकार गठन गरेको छ। लगत्तै चीनले तालिबान सरकारलाई दुई करोड डलर बढी सहयोग घोषणा गरेको छ। 

तालिबान सरकार पाकिस्तान, चीनसँग नजिकिइरहेका बेला बाइडेनले सीसँग फोनमा कुराकानी गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .