ad ad

राजनीति


एमसीसी उपाध्यक्ष सुमारले भनिन्: दबाब दिन आएका होइनौं, प्रचण्डले के भने?

एमसीसी उपाध्यक्ष सुमारले भनिन्: दबाब दिन आएका होइनौं, प्रचण्डले के भने?

शुक्रबार बिहान एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल हुँदै। तस्बिर: प्रचण्डकाे सचिवालय।


नेपालखबर
भदौ २५, २०७८ शुक्रबार ९:१६, काठमाडौँ

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) को टोलीले शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ​।

एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली भेटवार्ताका लागि बिहानै प्रचण्ड निवास (खुमलटार) पुगेको हो।

झन्डै १ घण्टा भएको भेटवार्तामा उपाध्यक्ष सुमारले आफूहरू एमसीसी पासका लागि दबाब दिन नआएको बताइन्।  

यस्तै अध्यक्ष प्रचण्डले नेपालमा यो विषय विवादित भएकाले राष्ट्रिय सहमति गरेर मात्र यो विषय अगाडि बढाइने बताए। 

‘यो विषय नेपालमा बहस भयो। राष्ट्रिय सहमति बनाएर यो परियोजना अघि बढाउनुपर्छ,’ प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘अहिलेको गबन्धनमा पनि छलफल र सहमति गरेर अगाडि बढ्नुपर्छ।’

यस्तै एमसीसी उपाध्यक्ष सुमारले पनि आफूहरू आउँदा एमसीसी पासका लागि दबाब दिन आएको भन्ने अर्थमा बुझिएको गुनासो गरिन्।  

‘हामी आउँदा दबाब दिन आए भन्ने भन्ने पर्या छ’, उपाध्यक्ष सुमारको भनाइ उद्धृत गर्दै सापकोटाले नेपालखबरसँग भने, ‘त्यस्तो होइने। यो विषयमा हामी छलफल गरौं, अन्तरक्रिया गरौं भनेर आएका हौं। यो नियमित भेटघाटअन्तगर्त नै हो।’

‘भेटमा अध्यक्षले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताउनुभयो,’ प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताउनुभयो।’

प्रचण्डको सचिवालयका अनुसार भेटमा एमसीसी उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताइन्। 

विज्ञप्तिमा भनिएको छ, ‘यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउनु हुँदै सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको उहाँ (सुमार) को धारणा थियो।’

एमसीसी टोलीले आजै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ। 

एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले आएकै दिन हिजो बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली तथा सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरिसकेको छ। 

हिजो बिहीबार बिहान विमानमार्फत काठमाडौं आइपुगेको एमसीसी टोली हरेक राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेट गरिरहेको हो। टोली आएको दिनदेखि ४ दिनसम्म नेपाल भ्रमणमा रहेनछ। 

प्रधानमन्त्री देउवा एमसीसी जसरी पनि संसदबाट पारित गर्ने तयारीमा छन् भने सत्ता गठबन्धनकै माओवादी के्रन्द्र र एकीकृत समाजवादी भने एमसीसीलाई जस्ताको तस्तै स्वीकार गर्न नसकिने अडानमा छन्। 

आजै दिउँसो १ बजेका लागि संसद बैठक पनि बोलाइएको छ। 

यी पनि–

–​आज सत्ता गठबन्धनको बैठकलगत्तै मन्त्रिपरिषद् बैठक

–​एमसीसी सैन्य रणनीतिको अंश हो रे : माधव नेपाल, एक सय प्रतिशत होइन : सुमार

एमसीसीबारे ओलीको जवाफ : हामी हतार गर्दैनौँ, सरकारमा रहेकाले पहिले 'पोजिसन क्लियर' गरून्

एमसीसीको टोलीले भेट्यो जसपा अध्यक्ष यादव र भट्टराईलाई

एमसीसीको राजनीतिक तरंगबीच भाजपा नेता राम माधव काठमाडौंमा

एमसीसीको विरोधमा उत्रिएका ६२ जना राजधानीबाट पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .