ad ad

राजनीति


आज सत्ता गठबन्धनको बैठकलगत्तै मन्त्रिपरिषद् बैठक

आज सत्ता गठबन्धनको बैठकलगत्तै मन्त्रिपरिषद् बैठक

फाइल तस्बिर : गठबन्धनकाे बैठक


नेपालखबर
भदौ २५, २०७८ शुक्रबार ७:१७, काठमाडौँ

मन्त्रिपरिषद् विस्तार सम्बन्धमा छलफल गर्न आज (शुक्रबार) पनि सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ।  

यो पनि : सत्तारुढ दलबीच बिहीबारै तीन बैठक, मन्त्रिपरिषद् विस्तार तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार अहिले बिहान ९ बजे सत्तारूढ पाँच दलका शीर्ष नेताहरूको बैठक बस्ने भएको हो।  

त्यसपछि लगत्तै बिहान ११ : ४५ बजे मन्त्रिपरिषद् बैठक राख्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। 

एमसीसीको टोलीले एकपछि अर्का राजनीतिक दलका शीर्ष नेताहरूलाई धमाधम भेटिरहेका बेला बिहानै बस्न लागेका गठबन्धन र मन्त्रिपरिषद् बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।​

यो पनि–

एमसीसी टोलीले आज देउवा र प्रचण्डलाई भेट्दै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .