ad ad

राजनीति


ओलीसँगको वार्तापछि एमसीसी टोलीले भेट्यो माधव नेपाललाई

ओलीसँगको वार्तापछि एमसीसी टोलीले भेट्यो माधव नेपाललाई

नेपालखबर
भदौ २४, २०७८ बिहिबार १९:३४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटे लगत्तै अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको (एमसीसी) को टोलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ।

दिउँसो २ बजेदेखि करिब १ घण्टासम्म ओलीसँग वार्ता गरेको एमसीसीको टोलीले त्यसपछि एमालेबाटै छुट्टिएका नयाँ पार्टीका अध्यक्ष नेपालसँग सिंहदरबारमा संवाद गरेको हो। 

एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले अध्यक्ष नेपालसँग समाजवादीको संसदीय दलको कार्यालयमा पुगेर एमसीसी पास गरेर अघि बढिदिन आग्रह गरेको छ।

एमसीसी उपाध्यक्षसँगको भेटबारेमा अध्यक्ष नेपालको सचिवालयले केही सार्वजनिक गरेको छैन। 

एमसीसी टोलीसँग भेटवार्ता हुने भएपछि बालुवाटारमा बिहीबारै बसेको सत्ता पक्षीय गठबन्धनको बैठकमा केहीबेर बसेर अध्यक्ष नेपाल बाहिरिएका थिए। 

नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि माओवादी केन्द्रले जस्तै संशोधन नगरी एमसीसी पास गर्न नसकिने मत राखिरहेको छ। तर उसले पार्टी बैठकबाट औपचारिक धारणा बनाइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .