ad ad

राजनीति


महाधिवेशनबारे कांग्रेसले दियो आयोगलाई जानकारी

महाधिवेशनबारे कांग्रेसले दियो आयोगलाई जानकारी

नेपालखबर
भदौ २४, २०७८ बिहिबार १६:४५, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले निर्वाचन आयोगलाई पार्टीको अधिवेशनका बारेमा जानकारी गराएको छ। 

कांग्रेसले लिखित पत्र पठाएर आयोगलाई पार्टीको महाधिवेशन प्रक्रिया सुरु भएको जानकारी गराएको हो। 

कांग्रेसले बुधबार लिखित पत्रमार्फत अधिवेशनका बारेमा जानकारी गराएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए। 

‘पार्टीको अधिवेशन भदौ १८ गतेबाट सुरु भएर वडा, क्षेत्र, जिल्ला, प्रदेश हुँदै मंसिर ९–१३ मा केन्द्रको महाधिवेशन गर्ने भनेर चिठी पठाएको छ,’ उनले भने। 

कांग्रेसको १३औँ महाधिवेशन सम्पन्न भएको ५ वर्ष ६ महिना पूरा भएकै दिन कांग्रेसले कानुनी वैधानिकता जोगाउन आयोगलाई पत्र पठाएको हो। 

नेपालको संविधानको धारा–२६९ (४) (ख)मा राजनीतिक दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन पाँच वर्षमा हुनुपर्ने र उक्त अवधिमा हुन नसकेमा थप ६ महिनाभित्र गरिसक्नुपर्ने प्रावधान छ।

कांग्रेसले १३औँ महाधिवेशन भएको ५ वर्षभित्रमा अधिवेशन गर्न नसकेपछि ६ महिना थप गरेर अधिवेशन गरिरहेको छ। 

कांग्रेसको १३औँ महाधिवेशन २०७२ फागुन २३ गते सम्पन्न भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .