ad ad

राजनीति


डडेल्धुराको वडा अधिवेशन सार्न देउवाको निर्देशन

डडेल्धुराको वडा अधिवेशन सार्न देउवाको निर्देशन

नेपालखबर
भदौ २४, २०७८ बिहिबार १६:२९, काठमाडौँ

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशन सार्न निर्देशन दिएको बताएका छन्। 

वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बिहीबार भएको छलफलका क्रममा उनले गृहजिल्लामा भदौ २५ का लागि तय गरिएको वडा अधिवेशन सार्न निर्देशन दिएको बताएका हुन्। 

छलफलमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले छलफलका क्रममा प्रधानमन्त्री देउवाले डडेल्धुरामा देखिएको क्रियाशील सदस्यता विवाद समाधानका लागि अधिवेशन केही दिनका लागि पछाडी धकेल्न भनिसकेको जानकारी आफूहरुलाई दिइएको बताए। 

छलफलमा पौडेल समूहले देउवालाई डडेल्धुरामा देखिएको विवाद विधि र प्रक्रियाअनुरुप टुंग्याउन आग्रह गरेको थियो। जवाफमा उनले डडेल्धुरामा निर्वाचन सार्न भनिसकेको जानकारी गराएको केसीले बताए। 

‘हाम्रो प्रमुख चासो मध्ये डडेल्धुरामा देखिएको विवाद पनि थियो। हामीले विधि–प्रक्रियाअनुरुप नै विवाद टुंग्याइयोस्। कहीँ पनि हस्तक्षेप नहोस् भन्यौं,’ उनले नेपालखबरसँग भने, ‘उहाँ (प्रधानमन्त्री)ले डडेल्धुराको विवाद मिलाउने कोशिस गरिरहेको छु। निर्वाचन सार्न भनेको छु भन्नुभएको छ।’

छलफलमा पौडेल समूहले क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी रहेका २० जिल्लाको नामावली सार्वजनिक गरेर महाधिवेशन सुनिश्चित गर्न, सानेपामा धर्नामा बसेकाहरुको माग समबोधन गर्न आग्रह गरेको थियो। 

नामावली सार्वजनिक हुन बाँकी २० र डडेल्धुराको सदस्यता टुंग्याएर छिटो अधिवेशन नभए भदौ २७ का लागि निर्धारण गरेको गाउँपालिका÷नगरपालिका तहको अधिवेशन पनि प्रभावित हुने भन्दै पौडेल समूह दबाब दिएको बताइएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, डा. मिनेन्द्र रिजाल, जीवन परियारलगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .