ad ad

राजनीति


एमसीसी उपाध्यक्ष आएपछि बालुवाटारमा सत्तारुढ शीर्ष नेताको बैठक

एमसीसी उपाध्यक्ष आएपछि बालुवाटारमा सत्तारुढ शीर्ष नेताको बैठक

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०७८ बिहिबार १५:५८, काठमाडौँ

एमसीसी उपाध्यक्ष फातिमा सुमारले राजनीतिक भेटघाट बढाइरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ।

बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चा सांसद दुर्गा पौडेल सहभागी छन्। 

एमसीसीका तर्फबाट बुधबार आएको जवाफको विषयमा छलफल गरेर साझा धारणा बनाउन लागिएको शीर्ष नेताहरुको छलफलमा अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि सहभागी छन्।

बैठक मुख्यगरी एमसीसी, सरकार विस्तारकै विषयमा केन्द्रित रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। 

सत्तारुढ दलका चार शीर्ष नेताहरुको बैठक बस्नुअघि बिहीबार बिहान प्रचण्ड, नेपाल र यादवबीच हात्तीवनमा छलफल भएको थियो।

एमसीसीकी उपाध्यक्ष फातिमा सुमार चारदिने भ्रमणका क्रममा नेपाल आइपुगेकी छिन्। सुमारलगायतको प्रतिनिधिमण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेको छ।

सत्तारुढ दलका शीर्ष नेताहरुबीच संसदलाई प्रभावकारी सञ्चालनको विषयमा पनि एउटै धारणा बनाइनेछ। 

हिजो एमालेले संसद अवरुद्ध गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .