अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोली प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको छ।
महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट सुमारसहितको टोली सिधै बालकोट पुगेर ओलीसँग वार्ता थालेको हो। सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि बालकोट पुगेका छन्।
दुई पक्षबीच एमसीसी पास गर्नेबारेमा कुरा हुने बताइएको छ। एमाले पछिल्लो समय एमसीसीबारे अनिर्णित भएको अवस्थामा फातिमासहितको टोलीले ओलीसँग पहिलो राजनीतिक भेटघाट गरेको हो।
बिहीबार बिहान काठमाडौं आएको यो टोलीले ओलीपछि अन्य राजनीतिक भेट गर्ने छ। ओलीसँग भेटेपछि फातिमा सुमारको टोली होटल याक एण्ड यतिस्थित एमसीए नेपालको कार्यालयमा आउने बताइएको छ।
42
Shares
प्रतिक्रिया