ad ad

राजनीति


उपेन्द्र यादव निवासमा कांग्रेसबाहेक सत्तारुढ तीन दलका नेताको बैठक

उपेन्द्र यादव निवासमा कांग्रेसबाहेक सत्तारुढ तीन दलका नेताको बैठक

नेपालखबर
भदौ २४, २०७८ बिहिबार १२:४२, काठमाडौँ

अमेरिकी परियोजना एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल आएसँगै नेपाली कांग्रेसबाहेकका सत्तारुढ दलका नेताको बैठक बसेको छ। 

सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी  र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुबीच हात्ती वनमा छलफल भएको छ। 
 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच ललितपुरको सिटी स्केप अपार्टमेन्टस्थित यादव निवासमा भेट भएको हो।

अमरेकी आर्थिक सहयोग परियोजना समेटिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकार विस्तार लगायत विषयमा छलफल भएको स्रोतले जनाएको छ । 

एमसीसीकी उपाध्यक्ष फातिमा सुमार लगायतको टोली चार दिने नेपाल भ्रमणमा क्रममा आज नेपाल आइपुगेका छन्।

माओवादी अध्यक्ष प्रचण्डले अहिलेकै अवस्थामा एमसीसी संसदबाट पास गर्न नसकिने बताउँदै आएका छन्। 

फातिमाले नेताहरुसँग पनि भेट गर्ने भएकोले साझा धारणा दिनको लागि तीन दलका चार नेताबीच झण्डै दुई घण्टा छलफल भएको हो। छलफलमा सरकार विस्तारको विषयमा पनि कुरा भएको छ। 

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन ४ सदस्यीय मन्त्रिमण्डल बनाए पनि थप मन्त्री टुंगो लगाएका छैनन्। मन्त्रालय भागवण्डा समुचित रुपमा गर्नुपर्ने उनीहरुको धारणा रहेको छ। 

‘एमसीसी र सरकार विस्तारको विषयमा छलफल भएको हो,’ स्रोतले भन्यो, ‘तीन दलबीचमा समान धारणा बनाउन छलफल भएको हो।’

देउवालाई सरकारको नेतृत्व गर्न तीनै दलले साथ दिएका थिए। एमसीसीबारेमा माओवादी अनिर्णित रहेको अवस्थामा कांग्रेस इतरका सत्तारुढ दलको बैठकलाई अर्थपूर्ण मानिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .