प्रतिनिधि सभाको दोस्रो बैठक पनि स्थगित भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो पटक बैठक सुरु गर्नासाथ प्रतिपक्षी एमालेका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
यसअघि बैठक सुरु हुनासाथ एमाले सांसदले माधव नेपालसहित १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको भनेर बैठक अवरोध गरेका थिए।
पहिलो पटक १५ मिनेट स्थगित भएर पुनः सञ्चालन सुरु भएको बैठक फेरि अवरुद्ध भएको हो।
120
Shares
प्रतिक्रिया