ad ad

राजनीति


क्यानडाका प्रधानमन्त्रीलाई चुनावी प्रचारका क्रममा ढुंगा प्रहार

क्यानडाका प्रधानमन्त्रीलाई चुनावी प्रचारका क्रममा ढुंगा प्रहार

नेपालखबर
भदौ २३, २०७८ बुधबार १४:३५, काठमाडौँ

क्यानडाका प्रधानमन्त्री जस्टिन  ट्रूडोलाई चुनावी प्रचारका क्रममा प्रदर्शनकारीले ढुंगाले हानेका छन्। विरोधीले हानेका ससाना ढुंगा उनको निजकै भएर गएका थिए। 

बीबीसीका अनुसार यो घटना गत सोमबारको हो। प्रधानमन्त्री ट्रूडो ओन्टारियोको लन्डन सहरबाट फर्किन बस चढ्दै गर्दा उनलाई प्रदर्शनकारीले ससानो ढुंगाले हानेका हुन्। तर उनलाई कुनै चोट लाग्न पाएन। 

तर उनले पत्रकारसँग भने, ‘सायद मेरो काँधतिर ढुंगाले लाग्यो कि!’

प्रधानमन्त्री ट्रूडोले गत अगस्टमा मध्यावधि चुनाव घोषणा गरेका थिए। तर कोरोना खोप अनिवार्य तथा अन्य प्रतिबन्धका विषयमा उनको विरोध भइरहेको छ। उनको चुनाव प्रचारका क्रममा पनि विरोध प्रदर्शन गरिएको छ। 

एक हप्ताअघि पनि उनले चुनावी र्याली रद्द गर्नुपरेको थियो। किनिक उनको कार्यक्रममा आक्रोशित प्रदर्शनकारी घुसेका थिए। 

प्रधानमन्त्री ट्रूडोले मंगलबार भने, ‘प्रदर्शनकारिको व्यवहार अस्वीकार छ। यसले चुनावी र्यालीलाई मात्र होइन, स्वास्थ्यकर्मी, रेस्टुराँ सञ्चालक र प्रान्तीय राजनेतालाई पनि असर पुर्याएको छ।’

विपक्षी कन्जर्भेेटिभ पार्टीले पनि यस किसिमको हिंस्रक व्यवहारको निन्दा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .