ad ad

राजनीति


माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु, आज संसदमा पेस हुने विषयमा छलफल

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु, आज संसदमा पेस हुने विषयमा छलफल

नेपालखबर
भदौ २३, २०७८ बुधबार १४:१०, काठमाडौँ

संसदमा प्रस्तुत हुने रणनीति तय गर्न नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। 

सिंहदरबारस्थित दलको कार्यालयमा बैठक सुरु भएको हो । 

बैठकले आजको संसद बैठकमा पार्टीले खेल्ने भूमिका, संसदमा पेस हुने सम्भावित कार्यसूचीलगायत विषयमा निर्णय गर्ने नेताहरूले बताएका छन्।

नेकपा एमालेले भने संसद् बैठक अवरुद्ध गर्ने तयारी गरेको छ। 

आज अपराह्न ४ बजे संसद् बैठक बस्दै छ। केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका अध्यादेश पनि पेस गर्ने तयारी छ। ​

सम्भावित कार्यसूची 
गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस गर्ने उल्लेख छ। 

यो बैठकमा विभिन्न अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव पेस हुने भएका छन्। अन्त्यमा शोक प्रस्ताव पेस हुने सार्वजनिक सम्भावित कार्यसूचीमा उल्लेख छ। 

अध्यादेश ल्याएको ६० दिनभित्र संसदमा पेस गर्नुपर्ने बाध्यता छ। यदि त्यसो नभए अध्यादेश स्वतः निष्क्रिय हुनेछन्।

एमाले र जनता समाजवादी पार्टी (जसपा) फुटाएको शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ १ गते राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो। 

त्यहीअनुसार राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संशोधन) देखि नागरिकता विधेयकसम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश संसदमा पेस हुने भएका छन्।

यो पनि–

आज संसद् बैठक बस्दै, कार्यसूचीमा ३२ वटा सम्भावित कार्यक्रम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .