ad ad

राजनीति


संसद बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस हुँदै

संसद बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस हुँदै

नेपालखबर
भदौ २२, २०७८ मंगलबार १८:५, काठमाडौँ

संघीय संसदको नवौँ अधिवेशन बुधबारबाट सुरु हुँदैछ। त्यसअघि मंगलबार प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका अध्यादेशलाई बुधबारको संसद बैठकमा पेश गर्ने भएको छ । 

जसमा संसदको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाउनेदेखि गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस गर्ने उल्लेख छ। 

यो बैठकमा विभिन्न अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव पेस हुने भएका छन्। अन्त्यमा शोक प्रस्ताव पेस हुने सार्वजनिक सम्भावित कार्यसूचीमा उल्लेख छ। 

अध्यादेश ल्याएको ६० दिनभित्र संसदमा पेश गर्नुपर्ने बाध्यता छ। यदि त्यसो नभए अध्यादेश स्वत: निस्क्रिय हुनेछन्।

एमाले र जनता समाजवादी पार्टी (जसपा) फुटाएको शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ १ गते राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो। 

त्यही अनुसार राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संशोधन) देखि नागरिकता विधेयकसम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, र विनियोजन अध्यादेश संसदमा पेश हुने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .