ad ad

राजनीति


रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डेको ३ पृष्ठ लामो विज्ञप्तिः ‘विधानविपरीत हिँड्दै हुनुहुन्छ’

रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डेको ३ पृष्ठ लामो विज्ञप्तिः ‘विधानविपरीत हिँड्दै हुनुहुन्छ’

नेपालखबर
भदौ २१, २०७८ सोमबार ७:४१, काठमाडौँ

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र पार्टीको विधान र एकीकरणको मर्मतविपरीत हिँडिरहेको आरोप लगाएका छन्। 

तीन पृष्ठ लामो विज्ञप्ति जारी गर्दै संयोजक पाण्डेले अध्यक्ष मिश्रलाई विभिन्न प्रश्न गरेका छन्। साथै आम नागरिकलाई साक्षी राखेर गरिएको एकीकरणको मर्म नमार्न पनि उनले अध्यक्ष मिश्रलाई चेतावनी दिएका छन्। 

‘रवीन्द्रजीले पार्टीको मूल बाटोमा रहेका नेताहरूलाई विभिन्न आरोप लाउँदै कारबाही गर्ने चेतावनी दिनुभएको छ। यो हास्यास्पद छ,’ आइतबार जारी विज्ञप्तिमा पाण्डेले भनेका छन्, ‘पार्टीको विधान र घोषणापत्रमा टेकेर गरिने कुनै पनि गतिविधि समानान्तर गतिविधि होइनन्। समानान्तर गतिविधि भनेको पार्टीको घोषणापत्र र विधानअनुरूप काम नगर्नु हो।’

बाँकी कुरा विज्ञप्तिमै पढ्नुहोस्–

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .