ad ad

राजनीति


यो सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन : भीम रावल

यो सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन : भीम रावल

नेपालखबर
भदौ १९, २०७८ शनिबार १४:४४, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको बताएका छन्। 

गृहजिल्ला अछामका एमाले कार्यकर्ताहरुसँग शनिबार काठमाडौंमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

रावलले ५० दिनसम्म पनि सरकार विस्तार नगर्नु प्रधानमन्त्री देउवाको अयोग्यताको सूचक रहेको पनि बताए। 

'५० दिनसम्म सरकार विस्तार नगर्ने यो अयोग्यता हो। यो कुनै स्वाधीन देशको सरकार हुनै सक्दैन', उनले भने, 'यो सरकारका गतिविधि स्वाभिमानी कुनै देशभक्त नागरिकलाई मान्य हुँदैन।'

उनले नेपाली युवालाई तुइनबाट काटेर महाकालीमा फ्याँकेको घटनामा भारतसँग सोधीखोजी गर्न नसक्ने यो सरकारले जनताको प्रतिनिधित्व नगर्ने पनि बताए। 

'भारतीय सुरक्षाकर्मीको संलग्नतामा भएको नेपाली नागरिको हत्याबारे कुनै स्वाभिमानी देशको सरकारले त्यस्तो प्रतिवेदन ल्याउँछ?', उनले भने, 'भारतीय सुरक्षाकर्मीको उपस्थिति मात्रै भनेर के गर्न खोजेको सरकारले? यो सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .