ad ad

राजनीति


माओवादीमा नीति, विचार र नेतृत्वमा समस्या छैन : पौडेल

माओवादीमा नीति, विचार र नेतृत्वमा समस्या छैन : पौडेल

नेपालखबर
भदौ १८, २०७८ शुक्रबार २२:२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले माओवादीमा नीति विचार र नेतृत्वमा कुनै पनि समस्या न रहेको दाबी गरेका छन्।

अखिल (क्रान्तिकारी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा नेता पौडेलले मुलुकका अधिकांश साना ठूला दल आन्तरिक समस्याको झमेलाबाट गुज्रिरहेको बेला माओवादी प्रचण्डको नेतृत्वमा उत्साहित र एकताबद्ध भएको बताए।

माओवादी केन्द्रको अगुवाई र प्रचण्डको नेतृत्वमा वाम जनमतलाई पुनः जोडेर मुलुकको सबैभन्दा ठूलो वामदल निर्माण गरिने सम्भावना बढेको उनको भनाई थियो।

पौडेलले भने, ‘इतिहासले कम्यूनिष्ट आन्दोलन संगठित गर्ने अवसर केपी ओलीलाई पनि दिएको थियो तर उनी आफ्नै गलत प्रवृतिका कारण असफल बने। अब यो अवसर माओवादी केन्द्रले प्राप्त गरेको छ र प्रचण्डको कुशल नेतृत्वमा यो सम्भव पनि छ।’

उपाध्यक्ष विजय गौतमद्वारा प्रस्तुत ‘रास्ट्रिय स्वाधिनता र विद्यार्थी आन्दोलन’ विषयक अन्तर्क्रियात्मक गोष्टीमा बर्तमान अध्यक्ष रन्जित तामाङ सहित पूर्व अध्यक्षहरु देवेन्द्र पराजुली, रत्न ढकाल, पदमराज जोशी , ग्रेटर नेपाल अभियानका संयोजक फडिन्द्र नेपाल, डा. बिष्णु दहाल र सिमाविद  रतन भण्डारीले धारणा राखेको प्रवक्ता जीपी मैनालीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .