रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानले पाठ सिकाइसक्दा पनि पश्चिमी देश नसुध्रिएको टिप्पणी गरेका छन्।
रुसी समाचार एजेन्सी तासका अनुसार पुटिनले पश्चिमी मुलुकले आफ्ना कुरा अन्य देशमा थोपर्ने नीति नत्यागेको आरोप लगाएका हुन्।
उनले भने, ‘यो पश्चिमी प्रभुत्वको अन्त्य हो? आखिर मुद्दा के हो? मुद्दा के हो भने प्राप्त पाठबाट सिकेर आफ्नो नीति बदल्न जरुरी छ।’
उनले अगाडि भने, ‘उनीहरू अफगानिस्तानबारे भन्छन्– हामी त्यहाँ गयौं र धेरै गल्ती गर्यौं। तर उनीहरू अन्य देशको मामिलामा लगातार त्यही गल्ती गरिरहन्छन्। यी प्रतिबन्धको अर्थ के? यो त्यही नीतिअन्तर्गत भइरहेको छ, अरू देशमा आफ्नो मानक थोपर्ने!’
रुसका राष्ट्रपति पुटिनले यो चिन्ता आफ्नो देशको मात्र नभएर एसिया–प्रशान्त क्षेत्रका मुलुकको पनि भएको दाबी गरे।
२० वर्षदेखिको युद्ध अन्त्य गर्दै केही दिनअघि मात्र अमेरिका तथा बेलायतले आफ्ना सैनिक अफगानिस्तानबाट स्वदेश फिर्ता गरेपछिको अवस्थामा रुसी राष्ट्रपति पुटिनको यस्तो अभिव्यक्ति आएको हो।
Shares
प्रतिक्रिया