ad ad

राजनीति


विवेकशील साझाका प्रवक्ता पाठक अध्यक्ष मिश्रका पक्षमा, संयोजक पाण्डेलाई गरे कडा प्रश्न

विवेकशील साझाका प्रवक्ता पाठक अध्यक्ष मिश्रका पक्षमा, संयोजक पाण्डेलाई गरे कडा प्रश्न

विवकेशील साझा पार्टीका प्रवक्ता शरदराज पाठक।


नेपालखबर
भदौ १७, २०७८ बिहिबार १०:४२, काठमाडौँ

अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षताका लागि जनमत संग्रहको राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि विवेकशील साझा पार्टी फुट्ने अवस्थामा पुगेको छ। 

अध्यक्ष मिश्रले संघीयताविरोधी राजनीतिक प्रस्ताव सार्वजनिक गरेदेखि नै पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत निरन्तर विरोध जनाइरहेका छन्। 

यस क्रममा उनीहरूले आज पार्टीको केन्द्रीय कमिटी बैठक छुट्टाछुट्टै राख्दै छन् भने सामाजिक सञ्जालमा एकअर्काप्रति आरोप–प्रत्यारोप जारी छ। 

यसै सिलसिलामा विवेकशील साझा पार्टीको प्रवक्ता शरदराज पाठक भने अध्यक्ष मिश्रका पक्षमा देखिएका छन्।

संयोजक पाण्डेले अध्यक्ष मिश्रलाई बैठक बोलाउने अधिकार नभएको र पार्टी फुटाउन लागिपरेको भन्ने आरोप लगाएपछि प्रवक्ता पाठकले सामाजिक सञ्जालमार्फत प्रतिकार गरेका हुन्। 

‘वरियता क्रममा १ नं को कार्यकारी अध्यक्षलाई बैठक बोलाउने अधिकार नभए कसलाई हुन्छ,’ संयोजक पाण्डेलाई प्रवक्ता पाठकले प्रश्न गरेका छन्, ‘अध्यक्ष/संयोजकबीच सहमति नजुटेपछि केन्द्रीय समितिबाट निकास खोज्ने प्रयास पार्टी फुटाउने कदम हुन्छ? कि घेराबन्दीमा पारेर पार्टीलाई अनिर्णयको गोलचक्करमा पार्नेले फुटाउँछ? मिडिया खपतका लागि जे पनि भनिदिने?’

यसैबीच अध्यक्ष रवीन्द्र मिश्रले पत्रकारहरूले आफूलाई निरन्तर फोन गरिरहेको बताउँदै उनीहरूलाई पार्टीका विषयमा आफ्ना प्रवक्ता पाठकलाई नै फोन गर्न आग्रह गरेका छन्। 

मिश्रले बिहीबार बिहान भनेका छन्, ‘धेरै पत्रकार साथीहरूले विवेकशील साझा पार्टीको पछिल्लो स्थितिबारे जानकारी लिन मलाई फोन गरिरहनुभएको छ। सबै पत्रकार मित्रलाई पार्टीको ‘आधिकारीक’ जानकारी तथा सूचना पुष्टि/पुनर्पुष्टिका लागि पार्टी प्रवक्तालाई ९८५१२०९८७२ मा सम्पर्क गर्न अनुरोध गर्दछु।’

यो पनिः ​

विवेकशीलमा लफडा: एक अर्कालाई कारबाही गर्न उन्मुख मिश्र र पाण्डे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .