ad ad

राजनीति


नयाँ सरकार गठनको तयारी अन्तिम चरणमाः तालिबान

नयाँ सरकार गठनको तयारी अन्तिम चरणमाः तालिबान

नेपालखबर
भदौ १५, २०७८ मंगलबार २१:४३, काठमाडौँ

अमेरिकी सेना फिर्ता भएपछि तालिबानले केही दिनभित्रै अफगानिस्तानमा नयाँ सरकार बन्ने बताएको छ। 

सरकार गठनको तयारी अन्तिम चरणमा पुगेको तालिबानका नेता अनस हक्कानीले बताए।

‘अबको केही दिनमै सरकार गठन हुनेछ,’ उनले भने।

तर, अहिले नै को को मन्त्री बन्दैछन्, भन्न नसकिने उनले बताए।

‘हामीले ९० देखि ९५ प्रतिशत तयारी सकेका छौँ, र केही दिनभित्रै घोषणा गर्नेछौँ,’ उनले भने। 

काबुल विमानस्थलबाट गतराति अमेरिकी सेना फिर्ता भएसँगै २० वर्षपछि अफगान युद्ध समाप्त भएको छ। मंगलबार बिहानै तालिबानले विमानस्थल नियन्त्रणमा लिएको छ।

थुप्रै अफगान नागरिक मुलुकमा अब १९९६–२००१ कठोर शासन फर्किने चिन्तामा छन्। अल जजिरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .