ad ad

राजनीति


दार्चुला घटना : छानबिन समितिले बुझायो प्रतिवेदन

दार्चुला घटना : छानबिन समितिले बुझायो प्रतिवेदन

नेपालखबर
भदौ १५, २०७८ मंगलबार १९:४४, काठमाडौँ

दार्चुलाको महाकाली नदीमा बेपत्ता जयसिंह धामीको घटना बारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ।

मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई समितिका संयोजक  सहसचिव जनार्दन गाैतमले प्रतिवेदन बुझाएका हुन्।

महाकाली नदी तर्दा एसएसबीले तुइन खुस्काएदिएपछि ३३ वर्षीय जयसिंह धामी साउन १५ देखि बेपत्ता छन्।

उक्त घटनाको छानबिन गर्न साउन १७ गते गौतमको संयोजकत्वमा समिति बनाइएको थियो।

प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्न गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।

नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री खाणले स्थलगत रूपमा पुगेर तयार पारिएको प्रतिवेदनले नागरिकमा विश्वास जगाउनेमा आफू आशावादी रहेको बताए।

संवेदनशील विषयमा दुःख गरी बनाएको प्रतिवेदन आगामी दिनका लागि मार्गदर्शन बन्ने उनको भनाई छ।

मन्त्री खाणले प्रतिवेदन कार्यान्वयनका लागि तत्कालै गृहसचिव पाण्डेलाई हस्तान्तरण गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .