ad ad

राजनीति


'माधवजी र मैले खाएको लड्डुको स्वाद नजाँदै टाउकोमा घन बजारियो'

'माधवजी र मैले खाएको लड्डुको स्वाद नजाँदै टाउकोमा घन बजारियो'

नेपालखबर
भदौ १२, २०७८ शनिबार १७:३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँ जितिसकेको अवस्थामा अदालतले पार्टी फुटाइदिएर झट्का दिएको बताएका छन्।

भातृसंगठन योङ कम्युनिष्ट लिग नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधनका क्रममा अध्यक्ष दाहालले एउटा लडाइँ जितेर उत्सव मनाउन नपाउँदै नेकपालाई खारेज गरिदिएर दुईवटा पार्टी बनाइदिएको पनि गुनासो गरे। 

'प्रतिनिधिसभा फर्किँदा माधवजी र मैले लड्डु खायौँ। लड्ठडुको स्वाद जान नपाउँदै अदालतले टाउकोमा घन हान्यो, पार्टी नै दुइटा बनाइदियो', उनले फागुन २३ को सर्वोच्चको फैसलातर्फ संकेत गर्दै भने, 'बल्ल बल्ल त्यो घनको चोट निको बनाएर हामी अहिले उठ्दैछौँ। ओलीविरुद्धको लडाइँमा हामी बल्ल विजयी भएका छौँ।'

प्रचण्डले अब माओवादीले आफैं राष्ट्रको नेतृत्व लिने गरी लाग्नुपर्ने पनि बताए। 'अब हामीले राष्ट्रको नेतृत्व लिने गरी तयार हुनुपर्छ', उनले भने, 'अब हामी झगडा गर्नु हुँदैन। झगडा गरेको थाहा पाए प्रतिक्रान्तिकारीहरुले टाउको उठाउँछन्।' 

उनले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले बिदा लिने सोचमा रहेको पनि सुनाए। 'प्रधानमन्त्री भएँ, पार्टी अध्यक्ष पनि भइसकेँ। अब पार्टीबाट बिदा लिएर संस्मरण लेख्छु', उनले भने, 'अब म छिट्टै बिदा लिन्छु तर त्यसका लागि तपाईंहरु तयार हुनुपर्यो। छिट्टै भनेको त्यो भोलि नै होइन। अब तपाईंहरु नेतृत्वमा आउन तयार हुनुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .