ad ad

राजनीति


सरकारमा जाने कुरा भएको छैन, प्रधानमन्त्रीले बोलाए विचार गर्छौं : महन्थ ठाकुर

सरकारमा जाने कुरा भएको छैन, प्रधानमन्त्रीले बोलाए विचार गर्छौं : महन्थ ठाकुर

नेपालखबर
भदौ ११, २०७८ शुक्रबार १७:४८, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नभएको बताएका छन्।

बबरमहलस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै ठाकुरले प्रधानमन्त्रीले बोलाए विचार गर्न सकिने पनि बताएका छन्। 

'प्रधानमन्त्रीजीसँग सामूहिक र अलग अलग भेट्या छौं', उनले भने, 'तर कुनै पनि भेटमा सरकारबारे कुरा भएको छैन। शेरबहादुरजीले सोध्नुहुन्छ भने यो विषयमा कुरा गर्छौं।'

ठाकुरले भर्खरै पार्टी दर्ता भएकाले सरकारमा जाने कुरामा हतार नगरेको बताए। 'हामीलाई बोलाउनु हुन्छ सोध्नुहुन्छ भने हामी आफ्नो कुरा राख्छौं,' उनले भने।

ठाकुरले आफ्नो पार्टी सत्ता गठबन्धनमा नरहेको पनि प्रस्ट पारेका छन्। चुनावको घोषणा भएपछि भने सहकार्य गर्न सकिने उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .