ad ad

राजनीति


प्रदेश १ : लछुमन तिवारी र बलबहादुर साम्सोहाङ मन्त्रीमा नियुक्त

प्रदेश १ : लछुमन तिवारी र बलबहादुर साम्सोहाङ मन्त्रीमा नियुक्त

नेपालखबर
भदौ ११, २०७८ शुक्रबार १७:३८, विराटनगर

एमाले फुटाएका माधव नेपालको साथ छाडेका दुई नेताले सुरुमै प्रदेश १ को नयाँ सरकारमा मन्त्री हुने अवसर पाएका छन्। प्रदेश १ मा एमाले सांसदहरु बलबहादुर साम्सोहाङ र लछुमन तिवारी पहिलो चरणमा मन्त्री बनेका हुन्। 

ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका हुन्।

दुवै मन्त्रीको शपथ ग्रहण पनि भइसकेको छ। उनीहरुलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्री भीम आचार्यको उपस्थितिमा शपथ खुवाए।

 सुरुमा तीन मन्त्री बनाउने कुरा भए पनि दुईजनाको नाममा सहमति भएको हो। आचार्यले बिहीबार मात्रै मुख्यमन्त्रीको शपथ लिएर काम थालेका थिए। 

 संखुवासभाका सांसद तुलसी न्यौपाने, उदयपुरका बिमल कार्की र मोरङका जीवन घिमिरेलाई पनि मन्त्री बनाउन दबाब थियो। यी नामबारे पनि छलफल भइरहेको मुख्यमन्त्री आचार्यनिकट एक नेताले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .