ad ad

राजनीति


राष्ट्रिय योजना आयोगमा दुई सदस्य थपिए

राष्ट्रिय योजना आयोगमा दुई सदस्य थपिए

नेपालखबर
भदौ १०, २०७८ बिहिबार १७:५७, काठमाडौँ

सरकारले राष्ट्रिय योजना आयोगमा दुई जना सदस्य थप गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा रिक्त रहेका पदमा दुई जना सदस्य थप गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आयोगमा दुई जना सदस्य थप गरिएको जानकारी दिए। 

उनकाअनुसार बैठकले पुष्परमण वाग्ले र सलोनी प्रधान सिंहलाई आयोगको सदस्यमा नियुक्त गरिएको हो।

देउवा सरकारले आयोगको उपाध्यक्षमा केही समयअघि डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो।

बैठकले अतिकम विकसित राष्ट्रहरुको एसिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालका तर्फबाट भर्चुअल रुपमा सहभागिता जनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई मनोनयन गर्ने पनि निर्णय गरेको छ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .