ad ad

राजनीति


पौडेल समूहका जिल्ला सभापतिहरुले मंगलबारदेखि सानेपामा धर्ना दिने

पौडेल समूहका जिल्ला सभापतिहरुले मंगलबारदेखि सानेपामा धर्ना दिने

नेपालखबर
भदौ ७, २०७८ सोमबार १८:५१, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहमा आवद्ध जिल्ला सभापतिहरूले मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने भएका छन्। 

यसअघि शनिबार उनीहरुले सोमबारसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै सभापति शेरबहादुर देउवालाई दुई दिने अल्टिमेटम दिएका थिए। 

त सभापति देउवाले क्रियाशील सदस्यता सार्वजनिक गर्न चासो नदिएपछि पौडेल पक्षीय जिल्ला सभापतिहरू मंगलबारदेखि सानेपामा धर्ना बस्ने नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए। 

उनीहरुले शनिबार देउवालाई इमेलमार्फत तीन बुँदे मागपत्र बुझाउँदै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गरेका थिए। 

पौडेल समूहका सभापतिहरूले क्रियाशील सदस्यता सूचीका त्रुटीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानविन गरेर मात्रै अन्तिम रुप दिन माग गरेका छन्।

उनीहरुका माग

१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस्। 
२. क्रियाशील सदस्यता तहगत निर्णय गरिएको सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानविन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस्।
३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस्।

त्यस्तै निर्वाचन प्रक्रियामा सबै जिल्ला सभापतिको एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्न पनि उनीहरुले माग गरेका छन्। उनीहरुले केन्द्रीय कार्यालयमा धर्ना, अनसन लगायत आन्दोलन थालिने बताएका छन्। 

श्रीमान सभापति ज्यू
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति 
वीपी स्मृति भवन, बीपीनगर, ललितपुर ।
                             
                         

मिति: २०७८-०५-०५

                                               विषय: माग सम्वोधनका लागि हार्दिक अनुरोध 

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यताको पारदर्शिता सम्वन्धी बिषयलाई लिएर देशभरिका लाखौं सदस्य साथीहरुको भावनाको प्रतिनिधित्व गर्दै आरम्भदेखि नै हामीले नेतृत्व समक्ष प्रष्ट विचार राख्दै आएका हौं । वडा तहबाट निर्णय भइआएका नामहरू हटाउने, ठाडै केन्द्रबाट जथाभावि नामहरू थप्ने र झिक्ने तथा सतप्रतिशतभन्दा बढी नामहरू इन्ट्री गर्ने जस्ता धाँधलीजन्य गतिविधि रोक्न निरन्तर आग्रह गर्दै रह्यौं। यस्ता अनियमिततालाई बेलैमा रोक्नु त कता हो कता, झन पछिल्ला दिनमा आएर सुनियोजित ढंगबाट अमूक ब्यक्तिको स्वार्थसिद्धि गर्न तथा लामो समयदेखि पार्टीमा रगत-पसिना भिजाएका निष्ठावान नेता कार्यकर्ताको राजनीतिक हत्या गर्न हजारौ संख्यामा क्रियाशील सदस्य थप्ने वा मेट्ने वा अर्को वडामा पन्छाउने जस्ता अशोभनीय कामहरु भैरहेबाट हामी स्तब्ध भएका छौं। त्यसमाथि ७७ वटै जिल्लाका सभापतिको एउटै प्रकृयाबाट निर्वाचन हुने विधानको प्रष्ट ब्यवस्था विपरीत निर्वाचन निर्देशिका जारी भएबाट हामीलाई थप चिन्तित बनाएको छ।

तसर्थ, 
१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस । 
२. क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानविन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस ।
३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस ।

हाम्रो उपरोक्त मागहरुलाई संवोधन गर्नेगरी यही भाद्र ७ गते भित्र आवश्यक कदम नचालिएमा भोलिपल्ट (भाद्र ८ गते) बाट केन्द्रीय कार्यालयमा धर्ना, अनसन लगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी वाध्य हुने ब्यहोरा जानकारी गराउँछौँ। जय नेपाल ।

विनीत 
जिल्ला सभापति एवं साथीहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .