तपाईं अफगानिस्तानमा हुनुहुन्छ वा पछिल्लो २० वर्षमा अफगानिस्तानको राजनीति र स्थितिलाई नजिकबाट नियालिरहनुभएको छ भने निश्चित रूपमा ‘अफगानिस्तानका बुलडोजर’ चिन्नुहुन्छ।
तर अब उनी अफगानिस्तानको हाेइन, ‘इस्लामिक इमिरेट’को बुलडोजर बनेका छन्।
गुल आगा सेरजई सीआईएका पूर्वप्रतिनिधि र योद्धा हुन्। उनी कन्धार र नंगरहार प्रान्तका गभर्नरसमेत भइसकेका व्यक्ति हुन्।
बीबीसीका अनुसार आइतबार उनले तालिबानप्रति निष्ठानवान् हुने शपथ खाएका हुन्। तालिबानले भनेको छ– गुल आगा सेरजई अब तालिबान सरकारको एक भाग हुन्छन्।
सन् २००१ मा नेटो सुरक्षा बलको नेतृत्व गर्दै अमेरिकाले तालिबान खेद्न अफगानिस्तानमा हमला गर्दा गुल आगा सेरजई तिनै योद्धा हुन् जसले सबैभन्दा पहिले अमेरिकाको समर्थन गरेका थिए। दक्षिणी प्रान्तमा उनी सीआईएमा सामेल भए र तालिबानविरुद्ध लडाइँमा लागे।
तर उनै आज तालिबानका प्रतिबद्ध सदस्यमा परिणत भएका हुन्।
Shares
प्रतिक्रिया