ad ad

राजनीति


विचार मिल्ने शक्तिसँग एकता र रिक्त विभागहरुमा नियुक्ति गर्ने माओवादी केन्द्रको निर्णय

विचार मिल्ने शक्तिसँग एकता र रिक्त विभागहरुमा नियुक्ति गर्ने माओवादी केन्द्रको निर्णय

नेपालखबर
भदौ ६, २०७८ आइतबार १८:१७, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले विभिन्न कम्युनिस्ट घटकहरुसँग एकता प्रक्रिया सुरु गर्नेदेखि रिक्त विभागहरुमा नियुक्ति गर्नेसम्मका निर्णयहरु गरेको छ। 

आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा ६ घण्टा बसेको स्थायी कमिटी बैठकले नयाँ कम्युनिस्ट गठबन्धन बनाउने गरी एकता पहल थाल्ने निर्णय गरेको हो। माओवादीको यो निर्णय आगामी स्थानीय तहको चुनावलाई लक्ष्य गरेर गरिएको एक नेताले बताए। 

माधव नेपालले नयाँ दल दर्ता प्रक्रिया अघि बढाइरहेका बेला र एमालेमा ठूलो विभाजन देखिएको बेला माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो। 

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका निर्णय सुनाउँदै एकता र ध्रुवीकरणको सम्भावना भएका सबैसँग वार्ता गर्ने निर्णय भएको बताए। 

त्यस्तै बैठकले पार्टीका विभागहरुमा प्रमुख तोकेको छ। खासगरी माओवादी परित्याग गरी एमाले प्रवेश गरेका नेताहरुको ठाउँमा नयाँ पदपूर्ति गरिएको हो। 

प्रवक्ता श्रेष्ठका अनुसार वडा, पालिका र प्रदेश अधिवेशन पनि गर्ने निर्णय भएको छ। 

त्यसका लागि पार्टी निर्वाचन समितिले निर्वाचन नियमावली र निर्देशिका तयार पार्ने काम गरेको र त्यसलाई तल्लो तहमा पठाउने तयारी भएको नेता श्रेष्ठको भनाइ छ। 

नेपाली राजनीतिक दलहरु टुटफुटमा लागिरहेका बेला माओवादी केन्द्रले विचार मिल्ने शक्तिसँग एकताको पहल गर्ने निर्णय गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .