ad ad

राजनीति


तालिबानको कब्जापछि अफगानिस्तानमा पत्रकारलाई कति कठिन?

तालिबानको कब्जापछि अफगानिस्तानमा पत्रकारलाई कति कठिन?

नेपालखबर
भदौ ६, २०७८ आइतबार ९:३६, काठमाडौँ

अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबान संगठनले सञ्चारमाध्यमसँग सम्बन्ध सुमधुर बनाउन आफूले एक समिति बनाइरहेको बताएको छ। 

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिद्दिनका अनुसार त्यो त्रिपक्षीय समिति हुनेछ। समितिमा तालिबानका एक प्रतिनिधि, मिडिया प्रोटेक्सन असोसिएसनका प्रमुख र काबुल प्रहरीका एक अधिकारी रहने उनले बताएका छन्। 

यसअघि इन्टरनेसनल फेडेरेसन अफ जर्नलिस्ट्सका उपमहासचिव जेरेमी डियरले अफगानिस्तान तालिबानले नियन्त्रणमा लिएपछि पत्रकारका लागि काम गर्न निकै चुनौतीपूर्ण भएको बताएका थिए। 

उनले भनेका छन्, ‘अफगानिस्तानमा पत्रकारलाई धम्की आइरहेका छन् र महिला पत्रकारलाई काम गर्न प्रतिबन्ध लगाइँदै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .