ad ad

राजनीति


ओली र नेपालतिर नलागेका एमाले नेताहरूको छुट्टै भेला

ओली र नेपालतिर नलागेका एमाले नेताहरूको छुट्टै भेला

नेपालखबर
भदौ ४, २०७८ शुक्रबार १३:६, काठमाडौँ

नेकपा एमाले विभाजित हुँदा दुवै पक्षमा नलागेका केन्द्रीय कमिटी सदस्यहरूको बैठक बस्ने भएको छ। 

दिउँसो १ बजे महाराजगञ्जमा बस्ने बैठकले पार्टी विभाजनका बारेमा आफ्नो धारणा सार्वजनिक गर्ने नेताहरूले बताएका छन्।  

माधव कुमार नेपालले नेकपा एमाले समाजवादी गठन गरेपछि ९ स्थायी कमिटीसहित केही केन्द्रीय सदस्यहरू उनको पक्षमा लागेका थिएनन्। 

उनीहरू केपी शर्मा ओलीले नेतृत्व गरेको एमालेमा पनि फर्किएका छैनन। बिहीबार पार्टी एकताका लागि यसअघि भएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने धारणा स्थायी कमिटी सदस्यहरूले सार्वजनिक गरेका थिए। 

त्यही धारणामा केन्द्रीय सदस्यहरूको पनि धारणा बुझ्ने र पार्टी एकताका लागि सम्भावित उपाय छ खोज्ने एमाले उपमहासचिव घनश्याम भुसालले जानकारी दिए। 

उनले आफूहरू पार्टीलाई १० बुँदे सहमतिमै टेकेर एकताबद्ध बनाउन सकिन्छ कि भनेर छलफलमा जुटिरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .