ad ad

राजनीति


वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

नेपालखबर
भदौ २, २०७८ बुधबार १९:२४, काठमाडौँ

वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्।  

मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन्।

शाक्यको अहिले ८ बजेपछि शपथ ग्रहण कार्यक्रम राखिएको सांसद अरुण नेपालले नेपालखबरलाई जानकारी दिए ।  

त्यसअघि बुधबार विहान शाक्यलाई नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो।

मुख्यमन्त्री पौडेलले आज वागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो। 

‘वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा शाक्य नियुक्त हुनुभएको छ,’ सांसद नेपालले भने, ‘अहिले ८ बजेपछि शपथ ग्रहण राखिएको छ।’ 

मुख्यमन्त्री शाक्यको शपथसँगै सानो मन्त्रिमण्डल समेत बनाइने उनले बताए। 

‘आजै सानो मन्त्रिमण्डल पनि बन्छ र मुख्यमन्त्रीसँगै शपथ हुन्छ,’ सांसद नेपालले भने।

नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठन गरेपछि नेता नेपाल समूहमै रहेकी शाक्यलाई रोक्न मुख्यमन्त्री बनाइएको चर्चा चलिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .