ad ad

राजनीति


पार्टी विभाजनको निर्णायक बैठकमा स्थायी कमिटीका दुईमात्रै उपस्थित

पार्टी विभाजनको निर्णायक बैठकमा स्थायी कमिटीका दुईमात्रै उपस्थित

नेपालखबर
भदौ २, २०७८ बुधबार १५:४५, काठमाडौँ

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षले नयाँ पार्टी गठनका लागि गरिरहेको परामर्शमा स्थायी कमिटीका दुई जनामात्रै सदस्यहरू उपस्थित भएका छन्।

स्थायी कमिटीमा बहुमतमा रहेको नेपाल पक्ष निर्णायक अवस्थामा भने कमजोर देखिएको छ।

बुधबार नयाँ बानेश्वरमा चलिरहेको छलफलमा स्थायी कमिटी सदस्यहरू मुकुन्द न्यौपाने र बेदुराम भुसाल बाहेक अरु सहभागी भएका छैनन।

जबकी एमालेभित्र नेपाल समूहमा १३ जना स्थायी कमिटी सदस्य थिए।

नेपाल समूह बुधबार नै पार्टी दर्ता गर्ने तयारीसहित छलफलमा जुटेको छ। स्थायी कमिटी सदस्यहरू भने पार्टी विभाजन गर्न नहुने पक्षमा छन्।

नेपालको विश्वासपात्र मानिएका स्थायी कमिटी सदस्य रघुजी पन्त समेत छलफलमा सहभागी छैनन।

नवौँ महाधिवेशनबाट चुनिएका २२ स्थायी कमिटी सदस्यहरुमध्ये नेपालका पक्षमा १३ जना थिए।

उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भूसाल तथा सचिवहरू गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई नेपालको पक्षमा छन्।

वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि नेपालको पक्षमा छन्।

तर खनाल,आचार्य र पाण्डे भने भारतको नयाँ दिल्लीमा छन्।

उपाध्यक्ष वामदेव गौतमले भने नेपाल समूहलाई साथ दिने घोषणा मंगलबार नै गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .