ad ad

राजनीति


अध्यादेश संविधानको भावना र सर्वोच्चको आदेश विपरीत : कमल थापा

अध्यादेश संविधानको भावना र सर्वोच्चको आदेश विपरीत : कमल थापा

नेपालखबर
भदौ १, २०७८ मंगलबार १८:३२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएको टिप्पणी गरेका छन्।

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले संसदको बैठक अन्त्य गरेर भोलिपल्टै दल सम्बन्धी अध्यादेश जारी गर्ने सरकारको निर्णय दलीय प्रणाली कमजोर बनाउने उद्देश्यबाट अभिप्रेरित रहेको टिप्पणी गरेका हुन्। 

उनले अध्यादेश ल्याउने निर्णय वदनियतपूर्ण तथा संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत रहेको भन्दै अध्यादेश फिर्ता गर्न माग गरेका छन्।

उनले भनेका छन्, ‘संसदको बैठक अन्त्य गरेर भोलिपल्टै दल सम्बन्धी अध्यादेश जारी गर्ने सरकारको निर्णय दलीय प्रणाली कमजोर बनाउने उद्देश्यबाट अभिप्रेरित छ। यो निर्णय वदनियतपूर्ण तथा संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत छ। अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक छ। अध्यादेश फिर्ता गरियोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .